दैलेखमा भीषण आगलागी, लाखौँको क्षति
मङ्गलबार, २५ वैशाख २०८१, १५ : १०

सुर्खेत । दैलेख सदरमुकाममा रहेको एउटा मोटरसाइकल ग्यारेज र फेन्सी स्टोरमा भीषण आगलागी भएको छ ।
दैलेख प्रहरीका अनुसार नारायण नगरपालिका –१ स्थित साजन अटो पार्ट्समा आगलागी भएको हो । ग्यारेजबाट नजिकैको फेन्सी पसलमा पनि आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले आगलागीबाट ठुलो क्षति भएको जनाएको छ । दुई पसलको गरी लाखौँको क्षति भएको दैलेख प्रहरी प्रमुख सुनिल दाहालले रातोपाटीलाई बताए ।
उनले आगो अहिले नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बताए । यद्यपि आगो कसरी लाग्यो भन्ने विषय अहिलेसम्म जानकारी हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना