राधिका खेडा र शेखर सुमन भाजपामा प्रवेश
मङ्गलबार, २५ वैशाख २०८१, १४ : ४९

नयाँ दिल्ली । भारतीय कांग्रेस पूर्वमिडिया संयोजक राधिका खेडा मंगलबार भाजपामा प्रवेश गरेकी छिन्न । उनीसँगै बलिउड अभिनेता शेखर सुमन पनि भाजपामा गएका छन् । दुवैले पार्टीको दिल्ली मुख्यालयमा भाजपाको सदस्यता लिएका थिए ।
राधिकाले मे ५ मा कांग्रेसबाट राजीनामा दिएको घोषणा पत्र जारी गरेकी थिइन् । ‘म केटी हुँभाजपा र लड्न सक्छु । जुन पार्टीलाई मैले आफ्नो जीवनको २२ वर्षभन्दा बढी समय दिएँ, जहाँ मैले एनएसयूआई देखि एआईसीसीको मिडिया विभागसम्म पूर्ण इमान्दारीका साथ काम गरे, आज त्यहीँ अयोध्यामा रामललाको दर्शन गर्नबाट आफैँलाई रोक्न नसक्दा चर्को विरोधको सामना गर्नु पर्यो ।’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा राधिकाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने