३ नेपालीलाई आममाफी दिन राष्ट्रपति पौडेलले पठाए श्रीलङ्काली राष्ट्रपतिलाई पत्र

काठमाडौँ । लामो समयदेखि श्रीलङ्काको जेलमा रहेका तीन नेपालीलाई आममाफी दिएर रिहा गर्न आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना समकक्षीलाई पत्र पठाएका छन् ।
पौडेलले श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई हालै पत्राचार गरेको शीतल निवास सम्बद्ध उच्च स्रोतले रातोपाटीलाई मङ्गलवार जानकारी दिएको छ ।
नेपाली नागरिक चेत बहादुर थापा, तेज बहादुर तामाङ र सुक बहादुर तामाङ लामो समयदेखि श्रीलङ्काको जेलमा छन् । उनीहरूलाई लागू औषध कारोबारमा संलग्न रहेको अभियोग लागेको छ ।
उनीहरूको सजाय मानवीय आधारमा आममाफीको अनुरोध गर्दै श्रीलङ्काली राष्ट्रपतिलाई पत्र पठाउन मन्त्रिपरिषद्ले राष्ट्रपति पौडेललाई सिफारिस गरेको थियो ।
‘राष्ट्रपतिबाट पत्र पठाइसकेको छ, श्रीलङ्काली सरकारले के प्रतिक्रिया दियो त्यो चाहिँ सरकारलाई थाहा होला,’ राष्ट्रपति कार्यालयका एक उच्च अधिकृतले भने ।
उसो त तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ वर्षअघि २०७३ सालमा भारतको गोवामा भएको ब्रिक्स सम्मेलनको क्रममा भएको भेटवार्तामा तत्कालीन श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरसेनासँग मृत्युदण्ड सुनाइएका ललितपुरका थापालगायतको फैसलामा पुनर्विचार गर्न आग्रह गरेका थिए ।
लामो समयसम्म नेपालको आग्रह नसुनिएपछि अनुरोध अझ ओजिलो होस् भनेर राष्ट्रपतिबाटै पत्राचार गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
-
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति
-
कहाँ पुग्यो रेशम चौधरी र सीके राउतको मिलन ?
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र