कांग्रेसको जिकिर : विश्वासको मतका लागि धारा १८८ को मात्र प्रयोग हुन्छ (रिट निवेदनसहित)

काठमाडौँ । नेपाली कांग्रेसले विश्वासको मतका लागि संविधानको धारा १८८ मात्र प्रयोग हुने जिकिर गरेको छ । कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेको वारेसमा मंगलबार सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा यस्तो दाबी गरिएको हो ।
आइतबार प्रदेशसभामा मुख्यमन्त्रीले पाएको विश्वासको मत असंवैधानिक भएको जिकिर गर्दै कांग्रेसले दर्ता गराएको रिट निवेदनमा गण्डकी प्रदेशका सभामुखले विश्वासको मतको प्रस्ताव पारित भएको घोषणा गर्दा संविधानको धारा १६८ प्रयोग गरेको उल्लेख गरिएको छ ।
‘सामान्य प्रस्तावका लागि आकर्षित हुने सो धारा विश्वासको मतका लागि विशेष रूपमा संविधानमा प्रबन्ध गरिएको धारा १८८ को प्रयोग नगरी गरिएको हुँदा प्रथम दृष्टिमा नै गैरसंवैधानिक र त्रुटिपूर्ण छ’, रिट निवेदनमा भनिएको छ ।
विश्वासको मतको प्रस्तावमा सभामुखले मतदान गर्न पाउने व्यवस्था १८८ मा नरहेको रिट निवेदनमा उल्लेख छ ।
रिटमा मुख्यमन्त्री अधिकारीलाई कुनै पनि कामकाज नगर्नु–नगराउनु भनी अन्तरिम आदेश जारी गरेर कामकाजमा रोक लगाउन रिटमा माग गरिएको छ ।
रिटमा कोशीको नजिर, संविधानले तोकेको सभामुखको भूमिका र अघिल्लो रिटमा समेत गरिएको व्याख्यालाई आधार बनाउँदै मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत गैरकानुनी भएकाले बदर हुनुपर्ने जिकिर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’