सलमान खानको घरबाहिर गोली प्रहारको घटनामा पाँचौँ आरोपी पक्राउ
![सलमान खानको घरबाहिर गोली प्रहारको घटनामा पाँचौँ आरोपी पक्राउ](https://rpcdn.ratopati.com/archived-media/salman-khan.jpg)
नयाँ दिल्ली । गएको महिना बलिउड अभिनेता सलमान खानको मुम्बईमा रहेको घर बाहिर भएको गोली प्रहारको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गोली काण्डमा प्रहरीले पाँचौँ अभियुक्तलाई पक्राउ गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार पाँचौँ अभियुक्तलाई राजस्थानबाट पक्राउ गरिएको हो । अभियुक्तको नाम मोहम्मद चौधरी हो ।
हत्यामा संलग्न दुई अभियुक्त सागर पाल र विक्की गुप्तालाई मोहम्मद चौधरीले पैसा दिएको प्रहरीले जनाएको छ । आरोपीलाई मुम्बई ल्याइँदैछ । उनलाई अदालतमा पेस गरी हिरासतमा राख्न माग गरिनेछ ।
अभियुक्त अनुज थापनको आत्महत्या
अप्रिल १४ मा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो । त्यसपछि आरोपी मोटरसाइकलमा फरार भएका थिए । मुम्बई प्रहरीको अपराध शाखाले यस विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीले गोली चलाउने दुई जना सागर पाल र विक्की गुप्तालाई गुजरातको कच्छबाट पक्राउ गरेको थियो । त्यसपछि पन्जाबबाट थप दुई अभियुक्त अनुज थापन र सोनु कुमार चन्द्र बिश्नोई पक्राउ परेका थिए । अभियुक्त अनुज थापनले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
पाँचौँ अभियुक्तबाट पाइएला महत्त्वपूर्ण सङ्केत ?
यस घटनामा अनुज थापनमाथि गोली हान्ने व्यक्तिहरूलाई हतियार उपलब्ध गराएको आरोप लागेको थियो । अनुज थापनले मे १ मा आत्महत्या गरेका थिए ।
उनलाई अस्पताल लगिएको भए पनि अस्पतालमा पुर्याउँदा सम्म उनको मृत्यु भइसकेको थियो । पोस्टमार्टम रिपोर्टमा थापनले झुन्डिएर आत्महत्या गरेको पुष्टि भएको छ ।
अनुजको आत्महत्यापछि यो विषयले गम्भीर मोड लियो । पाँचौँ अभियुक्त पक्राउ परेसँगै यस मामिलामा महत्त्वपूर्ण सुराग फेला पर्न सक्ने आशा गरिएको छ ।