मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

रारा किनारामा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने

मङ्गलबार, २५ वैशाख २०८१, १३ : ३३
मङ्गलबार, २५ वैशाख २०८१

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्ने चर्चित पर्यटकीय क्षेत्र रारा ताल नजिकै प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । बुधबारदेखि शनिबार (२८) सम्म चल्ने उक्त प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ ओटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

छायाँनाथ रारा नगरपालिकामा वडा नम्बर ९ ठुलो ताल  पर्यटकीय गन्तव्य रारामा सञ्चालन हुने कबड्डी खेल्न १० जिल्लाका महिला र पुरुष गरी १७ वटा टोली दर्ता भएको आयोजक संस्था जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार वैशाख २६ देखि २८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि ७ वटा महिला १० वटा पुरुष टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगिता भोलि राराको किनारमा रहेको ओखर बोटमा सुरु हुनेछ । 

तीन दिनसम्म सञ्चालन हुने कबड्डी खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ । 

प्रतियोगितामा प्रत्येक टोलीका १० जना खेलाडीका दरले कूल १ सय ७० जना कबड्डी खेलाडीहरू सहभागी हुनेछन् भने कबड्डी खेल सञ्चालनका लागि २२ जना रेफ्री छनोट गरिएको मल्लले बताए ।  

प्रतियोगिताले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदका लागि समेत खेलाडी छनोट गर्न सहयोग पुग्ने आयोजकको धारणा छ । 

खेलका माध्यमबाट राराको पर्यटन विकासमा टेवा पुर्‍याउन हेतु स्वर्गकी रानी भनेर चिनिने रारा किनारामा प्रदेश स्तरीय कबड्डी खेल सञ्चालन गर्न लागेको अध्यक्ष मल्लले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप