डिशहोमले विभिन्न १५ वटा सहरमा रोड-शो गर्दै

काठमाडौँ । २०८१ साल वैशाख २५ गतेबाट सुरु हुने रेडियो अन-व्हील्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचार-प्रसार गर्ने भएको छ । आउँदो टी-२० र यूरो २०२४ लाई लक्षित गरी विभिन्न १५ वटा सहरमा रोड-शो गर्न लागिएको हो ।
यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् जहाँ महिमा पण्डे भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्ज्वल खड्का र महेश लिम्बू प्रस्तोताको भूमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् ।
अन्य थप रोमाञ्चक गतिविधिहरू हुनेछन् जहाँ सहभागीहरूले विभिन्न खेलहरूमा सहभागी भई पुरस्कारहरू पनि जित्न सक्नेछन् । यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन व्हिल वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगन्ज, जेठ १ गते हेटौँडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौँमा आयोजना भई समापन हुनेछ।
कार्यक्रमले देशैभर हजारौँ जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
-
सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का
-
रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर