विश्व बैंकद्वारा ८० मिलियन डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउने प्रयोजनका लागि ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बैंकको मंगलबार बसेको बोर्ड बैठकले ८० मिलियन अमेरिकी ऋण स्वीकृत गरेको हो ।
यो रकम नेपाल सरकारले वित्तीय क्षेत्रलाई सुदृढ बनाउनका लागि नीति निर्माणमा खर्च गर्नुपर्ने छ । यस्तै वित्तीय समाधानको विविधीकरणमा समेत लगानी गर्नुपर्ने छ ।
यो रकमले नेपालको वित्तीय क्षेत्रलाई बलियो बनाउन, विविधीकरण गर्न र सुधार गर्न सहयोग गर्ने विश्व बैंकको विश्वास रहेको बताइएको छ ।
विश्व बैंकले प्रदान गर्ने ऋणबाट नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई नियमन गर्न, महामारी जोखिम व्यवस्थापन लगायत क्षेत्रलाई सुधार गर्ने विश्व बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै यो ऋण सहयोगले नेपालको जलवायु परिवर्तनको जोखिम व्यवस्थापन र यससँग सम्बन्धित लगानीलाई प्रोत्साहन गर्ने छ ।
बैंकिङ क्षेत्रको पोर्टफोलियोमा ग्रीन बोन्डस, जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्य भेट्टाउनका लागि सहयोगी बन्ने बताइएको छ ।
‘यो रकमले नेपाल सरकारलाई आफ्नो देशको निजी क्षेत्रको वित्तीय क्षेत्र सुधारमा भूमिका खेल्छ,’ विश्व बैंक टास्क टिम लिडर फर दि प्रोजेक्ट तात्सिना क्लिअत्स्कोवाले भनिन्, ‘बैंकिङ, बीमा र पुँजी बजारको सुधारको औजार चलाउन सहयोगी बन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा