स्वास्थ्य
सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री बिरामी, काठमाडौँबाट हेलिकोप्टर पठाइयो
मङ्गलबार, २५ वैशाख २०८१, १२ : ५२

काठमाडौँ । कार्यक्रमको सिलसिलामा सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।
मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि काठमाडौँ ल्याउन सेनाको हेलिकोप्टर पठाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । उनको प्रेसर पनि अत्यधिक लो रहेको बताइएको छ ।
सेनाको हेलिकोप्टरले उनलाई काठमाडौँ ल्याएर नर्भिक अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ । त्यसअघि उनको स्थानीय अस्पतालमा प्राथमिक उपचार भइरहेको जनाइएको छ । मुख्यमन्त्री जम्कट्टेल खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोशेढुङ्गा’ १२ भदौबाट प्रदर्शनमा आउने
-
हरिरामले ल्याए ‘यतिबेला दरौँदी खोला’ गीत
-
युएनका कर्मचारीको गोली हानी हत्या गरेको इजरायलद्वारा स्वीकार
-
बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
-
आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : मेयर महर्जन