जसपा विभाजन : प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौँ । निर्वाचन आयोगले नवगठित जनता समाजवादी पार्टी नेपाल(जसपा) का प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गरेर कित्ता छुट्टयाउन २१ दिने सूचना जारी गरेको छ । निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै जसपा नेपालका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सनाखतका लागि प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुन भनेको हो ।
आयोगको सूचना अनुसार नयाँ दल दर्ताको २१ दिन अर्थात् जेठ १३ गतेभित्र सनाखत गरिसक्नुपर्नेछ ।
सनाखतका लागि आयोग कार्यालय जाँदा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र पनि लैजानुपर्नेछ ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई सोमबार नयाँ दल दर्ताको प्रमाण पत्र दिइसकेको छ । राईसँग ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य छन् भने प्रदेशसभामा २२ जना निर्वाचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा