बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण

सोमबार, २४ वैशाख २०८१, २३ : १७
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।

जहाज क्याप्टेन लबिस चन्दले उडाएका थिए। कलाकार शान्ति श्री परियारले कठिन अवस्थामा जहाज जनकपुर अवतरण भएको बताइन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्- ‘धन्यवाद क्याप्टेन लबिस चन्द, प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रयास जारी राख्नु भो र गन्तव्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जीवन त दिनुभयो नि ।’

जिल्ला प्रहरी कार्यालय धनुषाले जहाज आकस्मिक अवतरण भएको जानकारी आएपनि थप विवरण प्राप्त नभएको बतायो । सोमबार साँझ राजधानीसहित देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको थियो।

खराब मौसमको कारण कतिपय आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका थिए। आकस्मिक अवतरणबारे थप विवरण प्राप्त भइसकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप