समाचार
ललितपुरमा आगलागीमा परेका दुईजना बालिकाको मृत्यु
सोमबार, २४ वैशाख २०८१, २० : ४८

काठमाडौँ । ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेका दुईजना बालिकाको मृत्यु भएको छ । ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा घाइते भएका संजय गिरी, रुपा गिरी र १५ वर्षीय मित गिरीको किष्ट अस्पतालमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको वायु प्रदूषण `रेड जोन´मा : उडान ठप्प, जनजीवन प्रभावित
-
समान स्थितिमा रहेका कोलकाता र लखनउको भिडन्त
-
मुख्यमन्त्री यामलाल कँडेल : छवि जोगाए पनि जोखिम मोल्न सकेनन्
-
विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले शव बोरामा हालेर गाडेका थिए
-
मुख्यमन्त्रीका रूपमा कँडेलको एक वर्ष व्यर्थ
-
यो सरकारको कार्यसम्पादन राम्रो भएन