अशोक राईले भने– असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपर्यो
काठमाडौँ । नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताएका छन् । निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद् सचिवालयमा बुझाउन सोमबार अपराह्न सिंहदरबार पुगेका उनले न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।
अध्यक्ष राईले पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जाने आफूहरू निष्कर्षमा पुगेको बताए ।
अध्यक्ष राईले सत्ता राजनीतिका कारण आफूहरूले पार्टी विभाजन नगरेको जिकिर पनि गरे । सांसदहरूले संसदीय दल विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग कुनै न कुनै रूपमा जोडिन जाने भएपनि सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको उनको भनाई थियो । अध्यक्ष राईले आफ्नो पार्टीले अब संसदमा रचनात्मक क्रियाकलाप गर्दै अघि बढ्ने बताए ।
उनले भने, ‘सत्ता राजनीति त हामी सांसदहरूले संसदीय दलबाट विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग त कुनै न कुनै रूपमा प्रत्यक्ष, परोक्ष रूपमा जोडिन जान्छ । तर सत्ता राजनीतिको कारण चाहिँ होइन यो विभाजनको । सत्तामा नै छौ नि त हामी त । हाम्रो त वनमन्त्रीजी अहिले सरकारमा हुनुहुन्छ । उहाँले अगुवाइ गरिरहनु भएको छ यो विभाजनमा । हामी सत्तामा नै छौँ । त्यसको निम्ति त अरू के राजनीति गर्नु पर्यो । सत्तामा जानका निम्ति हामीले राजनीति गर्नुपर्ने, हामी सत्तामा नै छौँ ।’
अध्यक्ष राईले यादवले सत्ता गठबन्धन फेरबदल गर्ने कुराबारे आफूहरू बेखबर रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान