भारतले विस्फोटक पदार्थ रोक्दा जलविद्युत आयोजनाको निर्माण रोकियो
काठमाडौँ । भारतले विस्फोटक पदार्थको निर्यातमा रोक लगाउँदा जलविद्युत परियोजनाको निर्माणमा समस्या परेको छ । भारतले नयाँ आयात र आयात नवीकरणका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिएपछि ३ निर्माणाधीन अवस्थामा रहेका परियोजनाको निर्माण प्रभावित बनेको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार पहिलादेखि ल्याइरहेको परियोजनाका लागि भने निर्वाधरुपमा विस्फोटक पदार्थ आयात प्रक्रिया रोकिएको छैन । तर, निर्माण सुरु भएका नयाँ परियोजनाका लागि चाहिने र यसअघिदेखि ल्याइरहेका तर म्याद थप्नुपर्ने परियोजनाका लागि भने अनुमति दिएको छैन । इप्पानका एक प्रतिनिधिका अनुसार ६ महिनादेखि भारतले अनौपचारिकरुपमा विस्फोटक पदार्थ आयातमा झन्झट दिइरहेको छ ।
‘६ महिनादेखि नै जलविद्युत आयोजनाहरूले यो समस्या भोगेका हुन्,’ ती प्रतिनिधिले भने, ‘तर २÷३ महिना यतादेखि भने समस्या जटिल बनेको छ ।’ भारतले नयाँ अनुमति र सम्झौता नवीकरण नगर्दा २ दर्जनभन्दा बढी आयोजनाको निर्माण रोकिएको इप्पानले जनाएको छ । यसबाट १ हजार मेगावाट क्षमता बराबरका आयोजना प्रभावित बनेका छन् ।
भारतीय दूतावासको वाणिज्य शाखामा यो विषयबारे कुरा राख्दा आन्तरिक प्रक्रियाका कारण विस्फोटक पदार्थ उपलब्ध गराउनमा असक्षम भएको बताउने गरेको ऊर्जा उद्यमी बताउँछन् । साथै यसबारे छिट्टै निर्णय गरेर नेपाललाई आवश्यक पर्ने विस्फोटक पदार्थ उपलब्ध गराउने दूतावासको वाणिज्य शाखाको आश्वासन छ । जबकि ६ महिनादेखिको समस्या भने जस्ताको त्यस्तै रहेको इप्पान बताउँछ ।
विद्युत् विकास विभाग भारतले नेपालका लागि विस्फोटक पदार्थको निर्यात रोकेको बारे अनौचापरिकरुपमा जानकारी आएको बताउँछ । विभागका कर्मचारीले भारतबाट औपचारिक जानकारी नआएपनि विस्फोटक पदार्थको आयात रोकिँदा परियोजनाको निर्माण रोकिएकाबारे जानकार रहेको बताउँछन् । नाम नखोल्ने सर्तमा उनले भने, ‘भारतबाट विस्फोटक पदार्थको आयात रोकिँदा दर्जनौँ परियोजनाको काम रोकिएकोबारे विभाग जानकार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगल म्याप हेरेरै प्रहरीले सुल्झाए हत्याको घटना
-
यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू
-
आसिफ र आरिफका बुबा भन्छन्– नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ
-
नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?
-
‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’
-
प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने