मातातीर्थ औंशीको अवसर पारेर भिभोको नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौँ । भिभोले मातातिर्थ औंशीको अवसर पारेर भिभो वाई ०३ बजारमा सार्बजनिक गरेको छ । ४+४ जीबीको एक्सटेन्डेड ¥याम र ६४ जीबीकोे जीबीकोे भण्डारण क्षमता रहेकोे सो फोनको मूल्य १३ हजार ४९९ रहेको छ।
आकर्षक मूल्य र प्रभावशाली सुविधाहरूको साथ आजैबाट देशभरका अधिकारिक रिटेल स्टोर र दराज अनलाईन मार्फत यो फोन एकैपटक सर्बजनिक भएको कम्पनीले जनाएको छ ।
भिभो वाई ०३ मा ९० हर्जको रिफ्रेस रेटको साथ ६.५६ इन्चको इमर्सिभ डिस्प्ले छ । जसले सिमलेस भिजुअल र सहज नेभिगेसनको सुनिश्चिता गर्ने कम्पनीको भनाइ छ ।
भिभो वाई ०३ को ठूलो ५००० एम ए एच ब्याट्री र उत्कृष्ट १५ वाटको फ्ल्यास चार्जले दिनभरी उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्ने पनि कम्पनीको भनाइ छ ।
बहुमुल्य सम्झनाहरु खिच्नको लागी, भिभो वाई ०३ मा डुअल १३ एमपी रियर क्यामेरा सेटअप रहेको छ जस्ले स्पष्ट र विस्तृत तस्बिरहरू खिच्न मद्दत गर्दछ। सेल्फी र भिडियो कलका लागि ५ एमपी फ्रन्ट क्यामेरा पनि समावेश गरिएको छ। वाई ०३ ले आई पी ५४ रेटिङ प्रदान गर्दछ, जसले यसलाई दैनिक प्रयोगको लागि भरपर्दो साथी बनाउँदै धुलो र पानिको थोपाहरुबाट सुरक्षा प्रदान गर्दछ ।
यस्तै आमाहरूको सम्मानमा, भिभोले भिभो वाई ०२ टि अब १२,९९९ मा उपलब्ध हुने अफर पनि कम्पनीले ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहुले भने– गाजामा आक्रमण शुरुआत मात्रै हो
-
ट्रम्पको प्रस्तावमाथि पुटिनले राखे यस्ता सर्त
-
त्रिवि केन्द्रीय क्याम्पसको ताला खुल्यो, चैत ८ गते स्ववियु निर्वाचन गराउन नेविसंघ सहमत
-
पतिको हत्या, प्रेमीसँग हनिमुन : यसरी खुल्यो रहस्य
-
एसईई परीक्षामा सहभागी छोरालाई बुवाको पत्र
-
२५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग