वामदेव गौतमलाई ओलीको जवाफ : सकारात्मक भावना अगाडि बढाऔँ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमले अघि सारेको वामपन्थी एकता अभियान सकारात्मक रहेको भन्दै त्यसलाई अघि बढाउन आफू सकारात्मक भएको बताएका छन् । साथै ओलीले आफूलाई वामपन्थी भन्ने शक्ति र सबै व्यक्तिहरूलाई नेकपा एमालेको धारमा समाहित हुन आह्वान पनि गरेका छन् ।
सोमबार काठमाडौँमा वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश बनाउने सही विचार र सिद्धान्त बोकेका पार्टी भएकाले एमालेमा समाहित भएर नै देश र जनताको विकास र समृद्धि पुरा गर्न सकिने बताए । ओलीभन्दा अगाडि बोलेका गौतमले आफू एमालेमा फर्कन तयार रहेको बताएका थिए ।
‘वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ । त्यसबारेमा अहिले यो बहस गर्ने थलो होइन । म यति भन्न सक्छु– वामदेवको प्रस्ताव सकारात्मक भावनाको हो । यसलाई अगाडि बढाऔँ’, ओलीले भने, ‘उहाँ वामपन्थी एकता अभियान चलाउँदै आउनुभएको छ त्यो अभियान सफल होस् शुभकामना दिन चाहन्छु ।’
अध्यक्ष ओलीले एमालेले सही विचार र प्रवृत्तिको बाटो समातेकै कारण एमाले एमाले भएको बताए । ‘गल्ती हुनसक्छ, त्यो सच्याउनुपर्छ, आत्मकेन्द्रीत नभई देश केन्द्रित भएर सोच्नुपर्छ’, ओलीले भने, ‘एमालेमय छ देश । जहाँ हेर्यो त्यहाँ एमाले । गाउँ सहर, कृषि फर्म, गाडी हेर एमाले ।’ उनले त्यसकै लागि एमालेले मिसन ८४ अभियान चलाएको पनि बताए ।
‘नेकपा एमाले स्वार्थका लागि होइन, सफलताका लागि एकताको अभियान र नारा दिन्छ । सावधानी साथ दिन्छ’, उनले भने, ‘एमालेलाई हामी राष्ट्रिय निर्णायक शक्तिको तहमा स्थापित गर्न चाहन्छौ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले तोड्दा र फोड्दा पनि नसकिएको भन्दै बरु सबैभन्दा लोकप्रिय शक्तिका रूपमा देखिएको बताए । ‘उपनिर्वाचनमा दुबै स्थानमा एमालेले जित्यो । यो मिसन ८४ तर्फको सफलताको सुरुवात हो । यस अभियानमा सही ढङ्गले यथोचित ढङ्गले समाहित हुन म सबैलाई आग्रह गर्न चाहन्छु’, ओलीले भने, ‘यस अभियानमा सरिक हौँ । यस शक्तिलाई निर्णायक शक्तिका रूपमा विकास गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?
-
भूमि आयोगको जिल्ला समितिमा १११ जनाको मनोनयन