जसपामा फुट : उपेन्द्रले कतारबाटै बोलाए संसदीय दलको बैठक

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कतारबाटै संसदीय दलको बैठक बोलाएका छन् । यादवले सोमबार कतारबाटै सांसदहरूलाई फोन गरेर मङ्गलवार बिहान संसदीय दलको बैठक राखिएको जानकारी गराएका हुन्।
‘अध्यक्षज्यूले संसदीय दलको बैठक मङ्गलवार बिहानका लागि बोलाउनुभएको छ । उहाँले कतारबाटै फोन गरेर भनेअनुसार बैठक राखिएको हो’, जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
न्युयोर्कमा आयोजना भएको विश्व जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन गत शनिवार अमेरिका गएका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव हिजो आइतबार कतार पुगेका थिए ।
यादव कतार रहेकै अवस्थामा उनी नेतृत्वको पार्टी अशोक राईको नेतृत्वमा विभाजन भएको थियो । उनी सोमबार पनि कतारमै रहेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले यादव सोमबार राति कतारी समयअनुसार पाँच बजे स्वदेश फर्कने कार्यक्रम रहेको रातोपाटीलाई बताए ।
जसअनुसार यादव कतार एयरलाइन्सको जहाजबाट नेपाली समय अनुसार मङ्गलवार बिहान १ बजे काठमाडौँ अवतरण हुने छन् । त्यसअघि यादव एनआरएनए कतारले आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाललगायत कतारमा रहेका सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको भट्टले बताए ।
‘एनआरएनए कतारको कार्यक्रम भर्खर सकिएको छ । अब लञ्च सकेर केहीबेरको आरामपछि मन्त्रीज्यू यहाँको समयअनुसार साँझ ५ बजे नेपाल प्रस्थान गर्नुहुन्छ’, अध्यक्ष भट्टले सोमबार दिउँसो रातोपाटीलाई बताए ।
यस्तै यादव नेपाली दूतावासको अवलोकन भ्रमणमा पनि पुगेका थिए । यसैबिच स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्री यादव मङ्गलवारबाट मन्त्रालयमा आउने जानकारी दिए । उनले पनि मन्त्री मध्यरातमा काठमाडौँ अवतरण हुने कार्यक्रम रहेको बताए ।
आइतबार जनता समाजवादी पार्टी नेपाल विभाजन भएको थियो । जसपाका ७ सांसद लिएर नेता अशोक राईको नेतृत्वमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा आइतबारै निवेदन दर्ता भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाडाले स्वीकार गर्यो नाइमाको अस्तित्वः दुवैमा सदस्य बन्न सकिने, कार्यक्षेत्र छुट्याइयो
-
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
-
‘जनै हराएको बाहुन’ शुभमुहूर्त, सोमबारबाट फ्लोरमा
-
निरन्तर २५ वर्ष बिताएर बायर्न म्युनिखबाट अलग हुँदैछन् थोमस मुलर
-
कुलमान पुनर्बहालीको माग गर्दै राजधानीमा प्रदर्शन, तस्बिरहरू
-
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै