काठमाडौँको नागार्जुनमा चोरी
सोमबार, २४ वैशाख २०८१, १३ : ०१

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-९ दुर्गा कोलोनी नजिक आइतबार बेलुकी चोरी भएको छ । कोलोनी नजिक डेरा गरी बस्ने इलाम शान्तिडाँडा घर बताउने ४० वर्षीया साबित्री दाहालको कोठामा चोरी भएको हो ।
कोठाको ढोका फोडेर नगद २ लाख ५१ हजार रुपैयाँ र मोबाइल १ थान आइतबार बेलुकी चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।