पाँच दिनमै किन भयो अन्डाको मूल्य परिवर्तन ?

काठमाडौँ । पछिल्लो पाँच दिनको अवधिमा अन्डाको मूल्यमा फेरबदल आएको छ । किसानलाई अन्डाको सही मूल्य प्रदान गर्नका लागि अन्डाको मूल्य फेरबदल गरिएको सरोकारले दाबी गरेका छन् ।
वैशाख २० गते ३३० रुपैयाँ प्रतिक्रेट कायम गरिएको मिडियम साइजको अन्डा सोमबारदेखि ३५० रुपैयाँ कायम भएको छ । यस्तै, वैशाख २० गते प्रतिक्रेट ३७५ रुपैयाँ कायम भएको ठुलो अन्डा ३९५ रुपैयाँ प्रतिक्रेट पुगेको नेपाल लेयर कुखुरा पालक सङ्घले जनाएको छ । यस्तै, प्रतिक्रेट ३९५ रुपैयाँमा कारोबार हुँदै आएको सबै भन्दा ठुलो साइजको अन्डा ४१० रुपैयाँ कायम भएको छ ।
नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानलाई मूल्य प्रदान गर्नका लागि मूल्य फेरबदल गरिए पनि अझै लक्ष्यअनुसार किसानले मूल्य पाउन नसकेको बताए । ‘किसानबाट अन्डा खरिद गर्दा जोखेर किन्ने र खुद्रा बिक्री गर्दा गोटामा गरिन्छ’ उनले भने, ‘यसले किसानले मूल्य पाउँदैनन्, बिचौलियालाई मात्रै फाइदा हुन्छ ।’
केसीले ४० देखि ५५ ग्राम तौलको अन्डा सानो र ५५ ग्राम बढीकोलाई ठुलो अन्डा भनेर वर्गीकरण गर्ने गरिएको बताए ।
नेपाल लेयर कुखुरा पालक सङ्घका सचिव मदन पोखरेलका अनुसार किसानले लागत उठाउन नसकेकाले मूल्य थपघट गरिएको बताए । ‘किसानले दाना खुवाउन सक्दैनन्, गर्मीले ५० प्रतिशत उत्पादन कम छ,’ उनले भने, ‘माग बढी छ उत्पादन कम छ, त्यस कारण अन्डाको मूल्य बढेको हो ।’
उनका अनुसार देशभर दैनिक १८ देखि २० हजार कार्टुन (पेटी) उत्पादन हुने गरेकामा हाल १२ देखि १३ हजार कार्टुन मात्र अण्डा उत्पादन भइरहेको छ ।
नेपाल लेयर कुखुरा पालक संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुनेगरी अन्डाको मूल्य बढाउने निर्णय गरेको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूचीसहित)
-
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्मका लागि स्थगित
-
‘प्रधानन्यायाधीशले पूर्वाराजा भेटेको’ समाचार लेख्ने सम्पादकलाई बयानमा बोलाउने सर्वोच्चको आदेश
-
नेप्से परिसूचक लगातार चार दिन गिरावट, आज ३२.३८ अङ्कले घट्यो
-
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री भन्छन्, ‘मधेसमा योजना किन्ने र बेच्ने चलन धेरै छ’
-
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने