राजनीति
जसपा फुटेपछि माधवले बोलाए संसदीय दलको बैठक
सोमबार, २४ वैशाख २०८१, ११ : ०९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीसमेत विभाजन हुने चर्चा चलेको छ । तर एकीकृत समाजवादी विभाजन गर्न कुनै शक्तिले नसक्ने नेताहरूको दाबी छ ।
‘कुनै पनि शक्तिले नेकपा एकीकृत समाजवादी पार्टी विभाजन गर्न सक्दैन’, उपाध्यक्ष राजेन्द्र पाण्डेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु