राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
सोमबार, २४ वैशाख २०८१, ०९ : २८
![राष्ट्रिय सरोकार समितिको बैठक बस्दै](https://npcdn.ratopati.com/media/news/sansad-sachibalaya_nayEKItvZK.jpg)
काठमाडौँ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारबाही, आर्थिक कूटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।