क्रिकेट मैदानका कर्मचारीलाई ‘मनसरा’को एक लाख सहयोग

काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बिच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गरेको छ ।
फिल्म र खेलकुदबिच सहकार्य तथा एकअर्कालाई प्रवर्द्धन गर्ने हेतुले फिल्म टिमले क्यानसँग सहकार्य गरी कर्मचारीलाई १ लाख सहयोग गरेको हो ।
फिल्मका निर्माता शैलेन्द्र डी कार्कीले आगामी दिनमा पनि ग्राउन्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफूहरूले ग्राउन्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको बताए ।
‘हाम्रो प्राथमिकतामा जहिले पनि पर्दा पछाडिका मान्छे पर्छन् र उनीहरूलाई प्रोत्साहनको जरुरी रहने भएकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउन्ड स्टाफलाई नगद सहयोग गरेको हो’, उनले भने ।
फिल्म ‘मनसरा’ कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म हो । फिल्मले वर्ड अफ माउथ राम्रै पाइरहेको छ । फिल्मको कथा पनि स्वयम् निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।
फिल्मका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ
-
विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेनः परराष्ट्रमन्त्री
-
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने
-
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन
-
सत्यराज आचार्य अब साहित्यकार ‘सराज’ पनि
-
मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, बालबालिकालाई अगाडि राख्न निषेध