उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी
सोमबार, २४ वैशाख २०८१, ०६ : २६

काठमाडौँ । बक्यौता कर रकम दाखिला गर्न भन्दै ठुला करदाता कार्यालयले उदरपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी गरेको छ ।
कर दाखिला गर्न विभिन्न मितिमा अनुरोध गरिएपनि दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो । कार्यालयका अनुसार केही करदाताले पूरा कर दाखिला नगरेको र केहीले भने दाखिला नै नगरेको देखिएको छ ।
सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्नुहुन वा दाखिला गरिसकेको भए सोको प्रमाण पेश गर्नुहुन अनुरोध छ ।’
तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही हुने जनाइएको छ ।
सूचना हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध