प्रिमियर लिगमा चेल्सी र लिभरपुलको गोल वर्षा

लण्डन । वेस्ट ह्याम युनाइटेडमाथि शानदार जित हासिल गर्दै चेल्सीले अर्को सिजन युरोपियन फुटबल खेल्ने सम्भावना कायम राखेको छ । आइतबार राति भएको खेलमा चेल्सी ५–० गोलले विजयी बनेको हो ।
खेलको १५ मिनेटमा नै कोल पाल्मरको गोलको मद्दतले चेल्सीले अग्रता लिएको थियो । ३० औँ मिनेटमा कोनर गालागरले दोस्रो गोल गरे भने ६ मिनेटपछि नै नोनी माडुकेले अर्को गोल गरे ।
दोस्रो हाफमा निकोलस ज्याक्सनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए । घरेलु मैदानमा चेल्सीको यो लगातार चौथो जित थियो ।
आइतबार नै भएको अन्य खेलमा लिभरपुलले टोनटह्याम हटस्पर्सलाई ४–२ गोलले हरायो । लिभरपुललाई खेलको १६ औँ मिनेटमा मोहम्मद शालाहले अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा एन्डी रोबर्टसनले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा कोडी गाक्पोले अर्को गोल थपे भने ९ मिनेटपछि नै हार्भे इलियटले गोल गर्दै लिभरपुललाई फराकिलो अग्रता दिलाए । खेलको अन्त्यतिर रिचार्लिसन र सन ह्यूङ मिनले गोल गर्दै स्पर्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल भने हुन सकेन ।
आइतबार नै एस्टन भिल्ला ब्राइटनसँग पराजित भएपछि स्पर्सलाई शीर्ष चार स्थानमा दुरी घटाउने अवसर थियो । तर, पराजयसँगै टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना न्यून बनेको छ ।
३६ खेलपछि लिभरपुल ७८ अङ्कसहित तेस्रो स्थानमा छ । भिल्ला समान खेलबाट ६७ अङ्कसहित चौथो स्थानमा विराजमान छ । एक खेल कम खेलेको स्पर्सको ६० अङ्क छ । टोली पाँचौँ स्थानमा छ । चेल्सी भने ३५ खेलबाट ५४ अङ्क बटुल्दै सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन
-
अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई