लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने निर्णय गरेको छ । आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को नियमित बैठकले मुख्यमन्त्रीको आवासको रूपमा प्रयोग गरिएको भवन सम्बन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकार स्थापना भएदेखि राजश्व अनुसन्धानको कार्यालयको भवनमा मुख्यमन्त्रीको आवास सञ्चालन हुँदै आएको थियो । सो भवन सरकारले मासिक करिब दुई लाख रुपैयाँ बुझाउने गरी भाडामा लिएको थियो । बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरे पनि मुख्यमन्त्रीको आवास बुटवलमै यथावत् थियो ।
मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति, आर्थिक तथा योजना मामिला समिति समेत गठन गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले जानकारी दिए ।
बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री दिनेश पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि विभागीय मन्त्री नियुक्त नहुँदासम्म सरकारको प्रवक्ताको जिम्मा मन्त्री पुनलाई दिइएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म