डेडिकेटेड र ट्रंक लाइन
विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
आइतबार, २३ वैशाख २०८१, २० : ३७

काठमाडौँ । विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हो ।
आयोगका प्रमुख गिरिशचन्द्रले आयोगले मन्त्री बस्नेतलाई अध्ययन प्रतिवेदन बुझाएको रातोपाटीलाई बताए । प्रतिवेदन बुझाएको र प्रतिवेदनअनुसार कामकारबाही अघि बढाउने जिम्मेवारी सरकारको भएको उनले बताए ।