बुटवलको चौराहा चिडीयाखोला सडकको ठेक्का खारेज
आइतबार, २३ वैशाख २०८१, १८ : ५७

बुटवल । बुटवल राजमार्गअन्तगर्त चौराहादेखि चिडीयाखोलासम्मको सडकको ठेक्का सम्झौता खारेज भएको छ । पटकपटक म्याद थप्ने तर काम नगर्ने भएपछि सडक सडक डिभिजन कार्यालयले ठेक्का खारेज गरेको हो ।
कञ्चनजङ्घा बिरुवा जे.भीका ठेकेदारसँग लिखित सम्झौता गर्दा पनि कार्य सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय बुटवलले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ ।
२०७३ साल चैत्रमा ठेक्का सम्झौता भए पनि हालसम्म सडक निर्माणको काम सम्पन्न भएको छैन । स्थानीयको अवरोध र साइड खाली हुन नसकेको बहानामा काम नगर्ने भएपछि सम्झौता अन्त्य गर्नु परेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर दाहालले बताए । उक्त ३ किलोमिटर सडक कञ्चनजंगा बिरुवा जेभीले ४० करोड बढीमा ठेक्का लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
-
मंसिर वा फागुनमा पुग्न सक्छ रास्वपाको महाधिवेशन
-
भारतमा प्रसाईंको दुई साता : ३ सहर घुमेर हिन्दुवादीको घरमा ‘सेल्टर’
-
दुर्गा प्रसाईंका अंगरक्षक खड्कालाई पनि १२ दिन म्याद थप
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट