मध्यावधिमा धकेल्ने प्रयास भइरहेको छ: मुख्यमन्त्री अधिकारी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई स्पष्ट हुन मुख्यमन्त्री खगराज अधिकारीले आग्रह गरेका छन् । राप्रपाले निर्णय नलिँदा मध्यावधिको अवस्था आउने अधिकारीले बताए । प्रदेशसभामा विश्वासको मतको प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै उनले मध्यावधिमा धकेल्ने प्रयास भइरहेको बताए ।
गण्डकीमा राप्रपाको २ सिट छ । मुख्यमन्त्री अधिकारीसँग ३० सिट छ । एमालेको २२, माओवादीका ७ र एकजना स्वतन्त्र सांसदले समर्थन गरेका छन् । अदालतको आदेशपछि उनी विश्वासको मतमा लागेका हुन् ।
'अदालतको विषयमा धेरै बोल्दिनँ । अदालतलाई दुख नदिने उपाय खोजौं,' उनले भने,'अस्थिरताका कारक सबैले समीक्षा गर्नुपर्छ । एकले अर्कोलाई आरोप लगाएर मात्र हुँदैन ।'
असंवैधानिक हिसाबले सरकारको नेतृत्व गरेको छैन । ५९ जनाको एउटा कुरा छ । सभामुखका कुरा अरू हुन् । काँग्रेसले सभामुखलाई धम्क्याउन नहुने उनको भनाई छ । 'अनिर्णयको बन्दी संसद्लाई बनाउन खोजिएको छ । यो सरकारलाई असंवैधानिक भन्ने कुरा सर्वोच्चले खण्डन गरेको छ । सत्ता छाड्नुपर्दा अदालत जानेप्रति गुनासो छैन,' उनले भने ।
अधिकारीले सर्वोच्चले ३० सिटलाई बहुमत भनेको बताए । '५९ मा ३० सिट बहुमत भनेर सर्वोच्चले व्याख्या गरेको छ । अदालतको फैसला सच्याउने हैन, संविधान नै सच्याऊँ न,' उनले भने । उनले बजेटबारे संकल्प पास गरेर जान प्रस्ताव गरेका छन् ।
'एउटा संकल्प पास गरौँ । बजेटको मुखमा यो अवस्था राम्रो हैन,' उनले भने । अधिकारीले मध्यावधिमा जाने अवस्थाबाट रोक्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट
-
२०८१ साल : ‘हाइ प्रोफाइल’हरू नै फौजदारी अपराधमा