राप्रपाले भन्यो : खगराज अधिकारीलाई भोट हाल्दैनौँ
आइतबार, २३ वैशाख २०८१, १६ : ०५

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत मागेपछि राप्रपा दलका नेता पञ्चराम गुरुङले विश्वासको मत नदिने बताएका हुन् ।
‘यो गठबन्धन पवित्र छैन भन्ने बुझाई छ । तसर्थ आजको विश्वासको मतमा राप्रपाले मत दिन नसक्ने जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘केन्द्रीय सत्ता गठबन्धनलाई हेर्ने हो भने जनताको भावना विपरीत चलेको छ । तथानाम गाली र आरोप गरिरहेका छन् ।’
उनले अहिलेको सत्ता राजनीति कुनै एउटा मात्रै दलले चलाउन नसक्ने बताए । ‘कुनैपनि एक दल वा पार्टीलाई मात्रै सरकार चलाउन सक्ने अधिकार जनताले दिएका छैनन् । दलहरूले प्राप्त गरेको मतलाई अध्ययन गर्ने हो भने मिश्रित सरकार चल्नुपर्छ,’ उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु
-
‘गणतन्त्र उल्ट्याउने ज्ञानेन्द्र शाहको प्रयत्न, सरकार परिवर्तनको कुरा सत्तामोह र कुण्ठा मात्र’