जापानी विदेशमन्त्री योको काठमाडौँ दरबार स्क्वायरमा (तस्बिरहरु)
![जापानी विदेशमन्त्री योको काठमाडौँ दरबार स्क्वायरमा (तस्बिरहरु)](https://npcdn.ratopati.com/media/news/cover-japan-minister_LbnSXIn4ZY.jpg)
काठमाडौँ । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन्। आइतबार काठमाडौँ आएलगत्तै मन्त्री योकोले दरबार स्कवायरको भ्रमण गरेकी हुन् ।
दरबार स्क्वायरको भ्रमणलगत्तै उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुई पक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि उनले चार बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी पुनः होटल फर्किने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने रात्रिभोजमा विदेश मन्त्री योको सहभागी हुने छिन् । डिनरपछि साँझ ७ बजे राष्ट्रपतिसँग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलसँगको भेटघाटपछि ८ः३५ बजे जापानी पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । पत्रकारसँग भेटघाटपछि उनी राति १० बजे जापान फर्किने कार्यक्रम रहेको छ । उनी परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपाली भ्रमणमा आएकी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’