३ महिनाकै उच्चस्तरमा उक्लियो मकैको भाउ

काठमाडौँ । कमोडिटिज बजारमा मकैको भाउ बढेर ३ महिनायताकै उच्च स्तरमा उक्लिएको छ । सिकागो बोर्ड अफ ट्रेड (सीबीओटी)मा यूएस कर्न फयूचर शुक्रवार प्रति बसेल ४ डलर ६० सेन्टमा पुगेको छ । उक्त दिन कर्न फ्युचर्स ४ डलर ६८ सेन्टसम्म पुगेको थियो । यो जनवरी २६ यताकै उच्च हो ।
सीबीओटीमा शुक्रवार सोयाबिन फयूचरको भाउ पनि शून्य दशमलव १६ सेन्टले बढेर प्रति बसेल १२ डलर १५ सेन्टमा पुगेको थियो । गहुँको भाउ पनि बढेको छ । सीबीओटीमा ह्विट फयूचर्सको भाउ पनि शून्य दशमलव १८ सेन्टले बढेर प्रति बसेल ६ डलर २२ सेन्टमा पुगेको थियो ।
ब्राजिलको रियो ग्रान्डे दू सुलमा बाँध भत्किएर आएको भीषण बाढीका कारण भाँच्ने बेला भएको मकै र काट्ने बेला भएको भट्मास नष्ट भएपछि कमोडिटिज बजारमा मकै र भटमास दुबैको भाउ बढेको हो । रियो ग्रान्डे दू सुल ब्राजिलको दोस्रो ठुलो भटमास उत्पादक र छैटौँ ठुलो मकै उत्पादक राज्य हो ।
मकैमा लागेको रोगका कारण र प्रतिकूल मौसमका कारण यस वर्ष अर्जेन्टिनाको मकै उत्पादन ३० लाख मेट्रिक टनले घटेर ४ करोड ४५ लाख मेट्रिक टनमा आउने अनुमान गरिएको छ । अर्जेन्टिनामा श्रमिकहरूको हडतालका कारण पनि भाउ प्रभावित हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
-
स्ववियु निर्वाचनको बेला त्रिवि केन्द्रीय क्याम्पसमा गरिएको फोहोर विद्यार्थीहरूले गरे सफा
-
बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने
-
सभामुखलाई भेटेर रवि लामिछानेद्वारा सांसद पद निलम्बन फुकुवा गर्न आग्रह
-
प्रकाशिएको वसन्त
-
पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए दीपक बोहरा