हात्तीपाइले रोगविरुद्धको औषधी सेवनबाट मृत्यु प्रकरण: कहिले आउँछ रिपोर्ट ?

काठमाडौँ । हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाकी एक वृद्धाको मृत्यु भएको भनिएको घटना अझै पुष्टि हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती वृद्धाको ‘पोस्टमार्टम’ औषधिले नै निधन भएको पुष्टि नभएकाले थप परीक्षण गर्न लागिएकाले विस्तृत रिपोर्ट आउन तीनदेखि पाँच दिन लाग्ने जनाएको छ ।
‘पोस्टमार्टम रिपोर्टले हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले निधन भएको पुष्टि हुन सकेन,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘थप जाँचका लागि तीन दिनदेखि पाँच दिन लाग्ने भएको हो ।’
भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको गत बिहीबार मृत्यु भएको थियो । उनको हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्यमा जटिलता देखिएर मृत्यु भएको परिवारको भनाइ छ ।
झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान वैशाख १६ गतेदेखि जारी छ । यो अभियान दुई साता सम्ममा जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?