गण्डकी प्रदेश
गण्डकीमा राप्रपा तटस्थ बस्ने
आइतबार, २३ वैशाख २०८१, १३ : २४

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको छ । आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन् । राप्रपा सचेतक विन्दु पहाडीकाअनुसार विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने भएकाे हाे ।
‘हामी आज तटस्थ बस्छौं,’ उनले भनिन्, ‘यसपछि के हुन्छ थाहा छैन । संविधानअनुसार अघि बढ्छ ।’ राप्रपाले मत नदिए अधिकारीलाई बहुमत पुग्दैन ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ