चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ : उपकुलपति बस्नेत
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा बिस्तार हुनुपर्ने बताएका छन् ।
आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभई देशभरका तीन सय शैय्याभन्दा माथिका सबै अस्पतालमा हुनु अनिवार्य रहेको बताए ।
उनले देशको आवश्यकता, संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वयन गर्न अझै धेरै जनशक्तिको आवश्यक रहेको पनि बताए । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरूलाई अघि बढाउनुपर्ने अवस्था रहेको पनि बताए । उनले भइरहेको जनशक्ति, भौतिक पूर्वाधार र सरकारबाट प्राप्त ५७० रोपनी दुवाकोटको जग्गाको गुरुयोजना बनिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालबाट गुरुयोजना अघि बढाउने प्रतिबद्धता आइसकेको बताए ।
‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरूलाई अघि बढाउनुपर्ने अवस्था छ । हामीले भइरहेको जनशक्ति, भौतिक पूर्वाधार र सरकारबाट प्राप्त ५७० रोपनी दुवाकोटको जग्गाको गुरुयोजना बनिसकेको छ’ उनले भने, ‘ गुरुयोजनालाई प्रधानमन्त्रीज्यूबाट अघि बढाउने पनि र भरतपुर एवं वीर अस्पतालमा एमबीबीएस कार्यक्रमलाई ल्याउने र प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिसक्नुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभई देशभरका सबै अस्पताल जुन ३ सय बेड भन्दा माथिका छन्, तिनीहरूमा बिस्तार हुनेछ ।’
उनले भरतपुर एवं वीर अस्पतालमा एमबीबीएस कार्यक्रमलाई ल्याउने र प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीबाट आएको भन्दै खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति मण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री