‘मनसरा’ को सुरुवाती व्यापार राम्रो, तोड्ला त जारीको रेकर्ड ?

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ ले सुरुवाती व्यापार राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार देशभर राम्रो कलेक्शन गरेको निर्माण युनिटको दाबी छ ।
रिलिजको दिन शुक्रबार पूर्वी नेपालका हलहरूमा राम्रो व्यापार गरेको फिल्मले शनिबार पश्चिम नेपालको हलमा राम्रो व्यापार गरेको निर्माता शैलेन्द्र ध्वज कार्की बताए । उनले फिल्मको हल बुकिङले शनिबार नै करोड माथिको व्यापार गरेको अनुमान लगाए ।
फिल्मको शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौँ फर्किएको छ । आइतबार काठमाडौँका केही हलमा पुग्ने कार्यक्रम छ
शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक भरिभराउ थिए । धरानको हलमा कलाकारलाई देखेपछि उनी सेल्फी खिच्ने दर्शकको भिड लागेको थियो । साथै, दर्शकले फिल्म उत्कृष्ट बनेको भन्दै मनसरा टिमको प्रशंसा समेत गरे ।
उपेन्द्र सुब्बाको लेखन निर्देशन रहेको फिल्मले एकल महिला र निसन्तान पुरुषबिचको कथा बोल्छ । अभिनेता प्रवीण खतिवडा र अभिनेतृ मिरुना मगरको वरिपरि घुमेको फिल्ममा अभिनेता दयाहाङ राईको पनि सशक्त अभिनय छ । निर्देशक सुब्बाको यो दोस्रो फिल्म हो । सुब्बाले यसअघि ‘जारी’ निर्देशन गरेका थिए । ‘मनसरा’ले बक्स अफिसमा ‘जारी’ले व्यवसायमा बनाएको १७ करोड व्यवसायको रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
-
नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
-
भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा
-
अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !