गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
शनिबार, २२ वैशाख २०८१, २२ : १७

गुल्मी। गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । घटनामा एक जना महिला घाइते भएकी छन् ।
घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर रेसुंगा नगरपालिका १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले रातोपाटीलाई बताए ।
उक्त घटनामा ५५ वर्षीया हुमकला राना घाइते भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पतालमा गुल्मीमा उपचार भइरहको छ । उनीहरुसहित ६ जना गाउँले माटो लिनका लागि चौराहास्थित माटोखानीमा पुगेको र माटो खन्ने क्रममा एक्कासी ढिस्को खसेर पुरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु
-
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण : के–के हुँदैछन् सम्झौता ?
-
आजदेखि डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
-
बस्ती पसेको पाटेबाघलाई निकुञ्जमा छाडियो
-
सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने
-
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ