गण्डकीमा एमालेका जनप्रतिनिधिलाई प्रशिक्षण

पोखरा । नेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन थालेको छ । शनिबारदेखि पोखरामा सुरु भएको प्रशिक्षण ३ दिनसम्म चल्नेछ ।
शासन सञ्चालन, पारदर्शिता र पार्टीको घोषणापत्रको कार्यान्वयनबारे जानकारी गराउन प्रशिक्षण आयोजना गरिएको प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए ।
स्थायी कमिटी सदस्य थममाया थापाले एमालेको नेतृत्वमा रहेका पालिकाहरूलाई सुशासन र विकासको नमुना बनाउने गरी काम गर्न आग्रह गरिन् । पार्टीले पारदर्शिता र जबाफदेहितालाई बढी प्राथमिकता दिएकाले जनप्रतिनिधिहरू सोहीअनुसार अघि बढ्नुपर्ने उनको भनाई छ ।
‘एमालेले जितेका ठाउँमा सुशासन चाहिन्छ । अरूभन्दा अब्बल पालिका बन्नुपर्छ,’ उनले भनिन्, ‘हामी निस्किँदै गर्दा फेरि एमालेले जित्नेगरी जनमैत्री काम गरेर देखाउनुपर्छ ।’
पार्टी अध्यक्ष शर्माले पार्टी र जनप्रतिनिधि बिचको समन्वय र सहकार्य बढाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले निर्धारित लक्ष्य पूरा गर्न दुवै पक्षबिच सम्बन्ध गाढा हुनुपर्ने बताए । पालिका सरकारका सेवालाई परिणाममुखी बनाउन प्रशिक्षण दिइएको सचिव धनञ्जय दवाडीले बताए ।
तालिममा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, सचिव हर्कराज राई, केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल लगायतले सहजीकरण गर्नेछन् ।
प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडा अध्यक्ष सहभागी छन् ।
यस्तै पार्टीका जिल्ला अध्यक्ष र इन्चार्ज पनि सहभागी छन् । करिब १ सय जनाको सहभागिता रहेको दवाडीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा