बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

प्याज निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटायो

शनिबार, २२ वैशाख २०८१, २० : १९
शनिबार, २२ वैशाख २०८१

नयाँ दिल्ली । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो । 

शनिबार पत्रकार सम्मेलन गर्दै उपभोक्ता विभाग सचिव निधि खरेले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताए । सचिव खरेका अनुसार यस वर्ष रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र आगामी सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको छ । 

सरकारी अनुमान अनुसार हाल १९१ लाख टन प्याज उत्पादन भएको छ भने भारतमा प्रतिमहिना १७ लाख टन प्याज खपत हुने गरेको छ । सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो । –बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप