सुदूरपश्चिम प्रदेश सभा बैठक पुनः स्थगित
कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडरीले विश्वासको मत लिने कार्यक्रम शनिबार पनि स्थगित भएको छ । तयारी नपुगेको भन्दै अर्को अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित भएको छ ।
यसरी बैठक स्थगित भएको यो दोस्रो पटक हो । हिजो पनि पनि पाँच बजेका लागि विश्वासको मत लिने गरी प्रदेश सभाको बैठक बोलाइएको थियो । तर आवश्यक तयारी नपुगेको भन्दै आजसम्मका लागि स्थगित गरिएको थियो ।
शनिबार साढे पाँच बजेका लागि बैठक बोलाइएको थियो । तर आवश्यक तयारी नपुगेको कारण देखाउँदै अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले बताए ।
‘बझाङबाट नवनिर्वाचित प्रदेश सभा सदस्यले शपथ नलिएको, अन्य सांसदहरू पनि बाहिर भएको कारण कारण बैठक स्थगित गरिएको हो जस्तो लाग्छ,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडरी नेकपा (एस) का प्रदेश सभा सदस्य हुन् । गठबन्धनबाट उनी मुख्यमन्त्री बनेपनि एमालेले विश्वासको मत दिन आनाकानी गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी पक्षका सांसदहरू पनि उनलाई विश्वासको मत दिन सकारात्मक छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो ब्याजदर
-
सुनुवाइ समितिबाट न्यायपरिषद सदस्यमा खड्काको नाम अनुमोदन
-
कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि
-
बढ्यो रेमिट्यान्स, समीक्षा अवधिमा कति पुग्यो ?
-
चालु खाता १४८ अर्ब १७ करोडले बचतमा, ६ महिनामा ६ अर्ब ५० करोड वैदेशिक लगानी भित्रियो
-
६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि, यस्तो छ आयात निर्यातको अवस्था