जनतालाई आशा भरोसा जगाउने १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी रहेको बताएका छन् । शनिवार काठमाडौँमा भएको माओवादी केन्द्रको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बजेट सिलिङ बनिसकेको र त्यसको तयारीमा लागिपरेको बताएका छन् ।
बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री प्रचण्डले जनतालाई आशा भरोसा जगाउने खालको बजेट ल्याउने तयारी गरेको जानकारी गराएका छन् । दलका सांसदहरूलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘बजेटको सिलिङ बनिसकेको त छ तर सिलिङ केही बढ्छ, अहिले त्यसको तयारी भइरहेको छ ।
१८ खर्बको बजेट ल्याउने निश्चित भए पनि त्यसमा थप एक खर्ब बढ्न सक्छ । जनतालाई आशा र भरोसा बढाउने लोकप्रिय बजेट बनाउनका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’ उनले बजेट निर्माण गर्दा कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिनका लागि पनि आफूले निर्देशन दिएको जानकारी गराएका छन् । साथै दलका सांसदहरूलाई नीति तथा कार्यक्रम र बजेट रचनात्मक, प्रभावकारी बनाउनका लागि सुझाव समेत मागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित