प्रतिपक्षको काम नै समीकरण भत्काउने बन्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता गठबन्धन भत्कने अवस्थामा नरहेको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटोमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको रहेको उल्लेख गरेका छन् ।
बैठकमा सहभागी एक सदस्यका अनुसार प्रचण्डले भने–‘प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो । तत्काल अहिलेको यो समीकरण भत्काउन सक्ने स्थिति देखिँदैन । तर सत्ता पक्ष र प्रतिपक्षका कतिपय बाटोहरूमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको देखिन्छ ।’
अध्यक्ष प्रचण्डले संसद् बैठक सुचारु गर्नका लागि विपक्षी दलहरूसँग संवाद जारी राखेको बताएका छन् । यसको निकासका लागि छिट्टै सर्वदलीय बैठक बोलाउन लागेको जानकारी गराएका छन् । यही वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको पूर्वसन्ध्यामा माओवादी केन्द्रले संसदीय दलको बैठक राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्व शेयर बजार त्रस्त बनेपछि अतिरिक्त भन्सार महसुलप्रति नरम भए ट्रम्प
-
माइक्रोसफ्टले किन बन्द गर्यो सांघाईको एआई ल्याब ?
-
गुजरातमा पटकाको कारखानामा विस्फोट हुँदा सात जनाको मृत्यु
-
बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट रुपन्देही लगियो
-
नेप्सेको सीईओ : दुई मन्त्रिपरिषद् बैठकमा दुई फरक नियुक्ति
-
नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र