पोर्चुगलमा ‘सम्झनाको फोटोकपी’ लोकार्पण

पोर्चुगल । पोर्चुगलमा कवि सुरेश राईको कविता सङ्ग्रह ‘सम्झनाको फोटोकपी’ लोकार्पण भएको छ । राजधानी लिज्बोनस्थित नेपाली चेन रेस्टुरेन्ट ग्रील एण्ड चिलको हेडक्वाटर आरोसमा साे पुस्तक लोकार्पण भएको हो । पुस्तकको लोकार्पण लिज्बोनमा स्थापित ब्याबसायीहरु सुमेश श्रेष्ठ ,दिनेश श्रेष्ठ र गायक मेघ लामाले संयुक्त रूपमा गरेका थिए ।
रेस्टुरेन्ट सञ्चालक सुमेश श्रेष्ठले कवि राईका कविताहरू सरल र सबैले बुझ्ने खालको रहेको बताउँदै लेखन यात्राको लागि शुभकामना व्यक्त गरे । अर्का व्यवसायी दिनेश श्रेष्ठले कविको आमासम्बन्धी कविताहरू अत्यन्तै मर्मस्पर्शी रहेको र यो कृति सफल हुने विश्वास व्यक्त गरे । आफू गीत सङ्गीतको विद्यार्थी भएकोले कविता र सङ्गीतको अटुट सम्बन्ध हुने बताउँदै गायक मेघ लामाले कविको कविताको प्रशंसा गरे ।
कार्यक्रममा कवि–गीतकार निलम राईले सङ्ग्रहभित्रका तीन कविता वाचन गरेकी थिइन् । उनले साधारण बिम्बको प्रयोग गर्दै कवि राईले गहिरा गहिरा कुराहरू व्यक्त गरेको बताए । भिजनरी डिलाइट ईभी कम्पनीका प्रबन्धक रजनी घलेले कार्यक्रम सञ्चालन गर्दै सङ्ग्रहभित्रको टग अफ वार कविता वाचन गरेकी थिइन् ।
पुस्तक शब्द मिडिया प्रालिले प्रकाशन गरेको हो। खोटाङका कवि राई हाल दक्षिण कोरियामा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा