‘सलमान लापरवाह तर कामप्रति इमानदार पनि छन्’
![‘सलमान लापरवाह तर कामप्रति इमानदार पनि छन्’](https://npcdn.ratopati.com/media/news/salman-khan-sonakshi-sinha_UdE1PwJ7Lb.jpg)
मुम्बई । सोनाक्षी सिन्हाले सलमान खान निकै लापरवाह भए पनि आफ्नो कामप्रति निकै इमानदार रहेको खुलासा गरेकी छन् ।
सोनाक्षीले सलमानले समयको पालना नगर्ने बताइन् । आफ्नो इच्छा अनुसार सबै काम गर्छन् । उनी समयमै सेटमा आउँदैनन् । मन लागेपछि मात्रै सेटमा आउँछन् । तर सलमानको विशेषता भनेको काम पूरा नगरी कहिल्यै प्याकअप गर्दैनन्।
राज शामानीलाई दिएको एक अन्तर्वार्तामा सोनाक्षीले भनिन्, ‘उनी धेरै लापरवाह छन् तर साथसाथै आफ्नो कामप्रति निकै इमानदार पनि छन् । हो, यी विरोधाभासपूर्ण छन् तर सत्य यही हो । सानातिना कुराको वास्ता नगरेको मैले देखेको छु ।’
सोनाक्षीले थप भनिन्, ‘सलमानले आफूलाई जे मन लाग्छ त्यही गर्छन् । उदाहरणको लागि, यदि सलमानलाई मनलाग्यो भने उनी साइकलमा सेटमा आउँछन्। सेटमा आउन मन लागेपछि मात्र आउँछन् । त्यसैगरी खाना मन लागेको बेला मात्र खाने गर्छन् ।’
‘समग्रमा उनलाई जे मन लाग्छ त्यही गर्छन्। तर योसँगै उनी आफ्नो कामप्रति निकै इमानदार पनि छन् । उनी आफ्नो काम पूरा नभएसम्म सेट छाड्दैनन् । यो सबै अलि अनौठो छ, तर उनले यो कसरी गर्छन् मलाई थाहा छैन,’ उनले भनिन् ।
सोनाक्षीले सन् २०१० मा सलमान खानको फिल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी थिइन् । यो फिल्ममा उनी सलमानकी अन स्क्रिन पत्नीको भूमिकामा देखिएकी थिइन् । सोनाक्षीले सलमानसँग दबंग २ र दबंग ३ मा पनि काम गरिसकेकी छिन् । सोनाक्षीलाई इन्डस्ट्रीमा ल्याउने श्रेय पनि सलमानलाई नै दिइएको छ ।
सोनाक्षी अहिले वेब सिरिज हीरामण्डीमा अभिनय गरेको भूमिकालाई लिएर चर्चामा छिन् । हालै उनी फिल्म बडे मियाँ छोटे मियाँमा देखिएकी छन् । आगामी दिनमा उनी हरर फिल्म काकुडामा देखिने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म