नेपालका लागि सबैभन्दा धेरै टी–२० खेल्ने खेलाडी बने सोमपाल
शनिबार, २२ वैशाख २०८१, १२ : ३१

काठमाडौँ । सोमपाल कामीले नेपालका लागि सबैभन्दा धेरै टी–२० खेलहरू खेल्ने रेकर्ड बनाएका छन् । ईएसपीएन क्रिकइन्फोका अनुसार उनले करन केसीलाई उछिन्दै यो रेकर्ड बनाएका हुन् ।
सन् २०१४ यता सोमपालले नेपालका लागि ७७ वटा टी–२० खेल खेलेका छन् । करनले ७६ वटा खेल खेलेका छन् ।
दुई खेलाडीपछि क्रमशः दीपेन्द्र सिंह ऐरी (७३), ज्ञानेन्द्र मल्ल (६८) र अविनाश बोहरा (६७) रहेका छन् ।