त्यही चौतारी

त्यही चौतारी
त्यही शीतल छहारी
कति प्रेमीहरू भेटिए
एक अर्काको हात समाए
कति कति वाचाहरू गरे
कति कति मीठा संवाद भए
इच्छा, रहर, यौवन पलाए
रङ्गिला सपनाहरू सजाए
दिलका रसिला प्यास बुझाए
त्यो सङ्गम
त्यो मिलन
कहिले रमाउँदै पुग्थ्यो
हिउँका डल्लाले एक अर्कालाई
हिर्काउँदै जिस्काउँदै
सगरमाथाको चुचुरोसम्म
कहिले खुसी हुँदै पुग्थ्यो
लहरहरू बनेर सँगसँगै
डुबुल्की मार्दै पौडँदै
सागरको गहिराइसम्म
यसरी मनसँग मन नजिक
झन् नजिक हुँदै
माया फुल्थ्यो कसैको
हाँसो र आनन्द छाउँथ्यो
त्यही चौतारीमा
तर कसैको मनसँग मन टाढा
झन् टाढा हुँदै
माया मुर्झाउथ्यो कसैको
रसाएर गह परेलीले पुछ्दै
त्यही चौतारीमा
त्यो चौतारीबाट जाँदा
कोही हात समातेर गए
कहिले नछुट्टिने वाचा गरेर
मुस्काउँदै गुनगुनाउँदै आनन्दले
सँगै जीवन बिताउने प्रण गरेर
त्यही चौतारीबाट जाँदा
कोही हात छोडाएर गए
अन्योल शून्यतामा अलमलिएर
आँसु बगाउँदै पर पर लाग्दै
राप्ती नदीको दुई किनारा भएर
त्यही चौतारी
कसैको लागि प्रेम चौतारी भए
त्यही चौतारी
कसैको लागि बिछोड चौतारी भए
त्यही चौतारी
त्यही शीतल छहारी
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ