वेस्ट इन्डिजको विश्वकप टोलीमा नेपाल भ्रमणमा रहेका खेलाडी पनि समावेश

काठमाडौँ । टी–२० विश्वकपको आयोजक टोली वेस्ट इन्डिजले आईसीसी प्रतियोगिताका लागि आफ्नो टोलीको घोषणा गरेको छ । रोभम्यान पावेलले टोलीको कप्तानी गर्नेछन् भने तीव्र गतिका बलर शामर जोसेफ र शाई होप पनि टोलीमा परेका छन् ।
विश्वकप आयोजक वेस्ट इन्डिज समूह ‘सी’ मा रहेको छ भने समूहमा अफगानिस्तान, न्युजिल्यान्ड, पपुवा न्युगिनी र युगाण्डा रहेका छन् । टोलीले आफ्नो पहिलो खेल जुन २ मा पपुवा न्युगिनीसँग गुयानामा खेल्नेछ।
शामर जोसेफले वेस्ट इन्डिजका लागि टी–२० डेब्यु गरेका छैनन् । उनले यसै वर्ष जनवरीमा अस्ट्रेलियाविरुद्ध टेस्ट डेब्यू गरेका थिए, जहाँ उनले प्लेयर अफ द सिरिजको अवार्ड जितेका थिए।
यसपछि उनले लखनउ सुपरजायन्ट्सबाट आईपीएलमा डेब्यु गरे । यदि उनले विश्वकप खेल्ने मौका पाए भने उनले आईसीसी प्रतियोगितामा वेस्ट इन्डिजका लागि टी-२० मा डेब्यु गर्नेछन्। यस टोलीमा हाल नेपालको भ्रमणमा रहेका ‘ए’ टोलीका सदस्यहरू समावेश छन् ।
यस्तो छ टोली : रोभम्यान पावेल (कप्तान), अल्जारी जोसेफ, जोन्सन चार्ल्स, रोस्टन चेस, शिमरोन हेटमायर, जेसन होल्डर, शाइ होप, अकिल हुसेन, शमार जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफेन रदरफोर्ड र रोमारियो शेफर्ड।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
-
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
-
गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए
-
गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक
-
संसदीय समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने
-
सर्लाहीमा दिनदहाडै २२ लाख बराबरको चोरी