नेपाल र वेष्ट इन्डिज ‘ए’बिचको अन्तिम खेल आज

काठमाडौँ । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा बाह्र बजे सुरु हुनेछ ।
पाँच खेलको टी–२० शृङ्खला वेष्ट इन्डिज ‘ए’ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ। शृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमायो ।
गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रन र चौथो खेलमा वेष्ट इन्डिज ‘ए’सँग २८ रनले पराजित भयो ।
आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच मैत्रीपूर्ण खेल भइरहेको हो।विश्वकप खेल्ने नेपाली टोलीलाई शुक्रबार नै विदाई गरिसकिएको छ । सिरिज सकेर नेपाली टोली विश्वकपका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् ।
विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ। विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ। नेपालले खेल्ने समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?