आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् विश्वकप खेल्ने टोलीको बिदाइ
टी–२० विश्वकप

तस्बिरमा हेर्नुहोस् विश्वकप खेल्ने टोलीको बिदाइ

शुक्रबार, २१ वैशाख २०८१

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ गरेको हो । 

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलगायतको उपस्थित रहेको थियो । यस्तै सन्दीप लामिछाने पनि सहभागी रहेका थिए ।  बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा परेका छैनन् । 

नेपाली टोलीमा कप्तानी रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी रहेका छन् । त्यस्तै, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरीले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् ।

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया