विशेषज्ञबाट भीमाको पोष्ट मार्टम गर्न अदालतको आदेश

सुर्खेत । गत चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको शव विशेषज्ञबाट परीक्षण गराउन जिल्ला अदालत सुर्खेतले आदेश दिएको छ ।
शुक्रबार जिल्ला अदालत सुर्खेतले निवेदनमा उठाइएको विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई हेर्दा शव परीक्षण फरेन्सिक मेडिसिनका विशेषज्ञबाट यथाशीघ्र गर्नु उचित देखिएको बताएको हो ।
भीमाका ससुरा धन मगरले अन्तरकालिन आदेश माग गर्दै जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डाक्टर ललितजंग शाही लगायतलाई विपक्षी बनाइएको थियो ।
पीडित परिवारको तर्फबाट अधिवक्ता शेरबहादुर खत्री, उपेन्द्र कुमार रावतले बहस गरेका थिए भने अस्पतालको तर्फबाट मुख्य न्यायधिवक्ताको कार्यालयका सहायक न्यायधिवक्ता कमल प्रसाद कोइरालाले बहस गरेका थिए ।
डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै पीडित परिवारले उचित क्षतिपूर्तिको माग गरिरहेका छन् । भीमाको शव अस्पतालको शव गृहमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक
-
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो