छात्रामाथि गोली प्रहार गर्ने अझै पक्राउ परेनन्
शुक्रबार, २१ वैशाख २०८१, १८ : २४

विराटनगर । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार गर्नेको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार गोली लागेकी छात्राको अवस्था भने खतरामुक्त छ । गोली प्रहार भएको घटनाको विषयमा अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।
शुक्रबार बिहान १० बजेतिर छात्रा एनिका गजमेरमाथि दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकबाट कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा गोली प्रहार भएको थियो । उनको पेटमा गोली लागेको थियो । उक्त गोली भने दमकस्थित लाइफ लाइन अस्पतालका चिकित्सकले निकालेका छन् । छात्राको आफन्तले भने गोली प्रहार गर्ने सिरहाका अमितकुमार यादव रहेको दाबी गरेका छन् । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० नृत्यकारले एकसाता सिके नृत्यकला
-
हिमालको सरसफाइका लागि ‘रेष्ट अफ ब्याग’ लाई अनिवार्य गरिनुपर्छ: आङछिरिङ शेर्पा
-
अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई कामबाट निकाल्न थालियो, कार्यालय पुगेकाहरूलाई गेटमै रोकियो
-
बारमा सत्ता र प्रतिपक्षको भिडन्त : दुवैलाई ‘राजावादी वकिल’को काँध
-
‘दुई ठुला शक्ति नेतृत्वमा आउँदा बारको आवाज झन् बुलन्द हुन्छ’
-
रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई